Back to News

गुरुकुल विद्या सदनमा वार्षिक खेलकुद सम्पन्न

गुरुकुल विद्या सदन माध्यमिक विद्यालय, पोखरा ०९, नयाँबजारमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थीमा रहेको खेलकुदप्रतिको रुचि, अनुशासन तथा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले वार्षिक खेलकुद कार्यक्रम आयोजना गरिएको र विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि विद्यालयले हरेक वर्ष वार्षिक खेलकुद कार्यक्रम आयोजना गर्दै आएको विद्यालयका प्राचार्य भुवन सुवेदीले जानकारी दिनुभयो ।
खेलकुदको उदघाटन कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि कार्कीले विद्यालयस्तरबाटै खेलकुद प्रतिभाको पहिचान सम्भव हुने हुँदा विद्यालयमा देखिएको खेल प्रतिभालाई सही मार्गदर्शन र अवसर दिइएमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन सकिने बताउनुभयो । विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा उजागर गर्ने यस्ता गतिविधिलाई निरन्तरता दिने कार्कीको भनाई छ ।
कार्यक्रम संयोजक सन्तोष पौडेलले विद्यार्थीमा रहेको खेल क्षमतालाई पहिचान गरी बाहिर ल्याउन यस्ता खेलकुद कार्यक्रम महत्त्वपूर्ण हुने भएकोले सोही अनुसार फुटबल, बास्केटबल, दौड, रिले, डोरी तान (रस्साकस्सी) लगायतका विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा प्लस टु संयोजक बसन्त श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो । विद्यार्थीहरूले आफ्नो–आफ्नो सदन अनुसार समूह बनाएर उत्साहका साथ आन्तरिक प्रतिस्पर्धा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालयका प्राचार्य सुवेदीको अधयक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन विद्यालयका सह प्राचार्य फणीन्द्र अधिकारीले र खेलकुदको सम्पूर्ण व्यवस्थापन विद्यालयका खेलकुद प्रशिक्षेक खेम कार्कीको नेतृत्वमा गरिएको थियो । सम्पूर्ण खेलहरू विद्यालयको प्राङ्गण तथा पोखरा–२०, भलामस्थित खेलमैदानमा सञ्चालन गरिएको विद्यालयले जानकारी दिएको छ ।

For photo: https://gurukulpokharaedunp-my.sharepoint.com/:f:/g/personal/admin_gurukulpokhara_edu_np/IgA7jQX0L-GfQLaASm_3nZozARDJVvO2yUPYiTIzt24V538?e=tqQrxE


🏫
Gurukul AI Assistant Online
नमस्ते! Welcome to Gurukul Bidhya Sadan 🙏

I can answer questions about fees, timings, holidays, courses and admissions.

How can I help you today?