Back to News

पोखरा । पोखरा महानगरपालिका–९ बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयले आफ्नो १९औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिबार भव्य रूपमा मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका अतिरिक्त प्रदेश सचिव दामोदर सुवेदीले पानसमा दिप प्रज्वलन गरी र विद्यार्थीहरुले स्वस्ति वाचन गरि संयुक्त रुपमा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले विद्यार्थीलाई भोलिका कर्णधारका रूपमा तयार पार्न विद्यालयले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले प्रमाण–आधारित सिकाइ र प्रयोग–आधारित शिक्षण तथा सिकाइ जस्ता शिक्षण विधिले उत्कृष्ट नतिजा हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि कार्कीले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै विद्यालय परिवारप्रति देखाइएको विश्वास र भरोसाका लागि सम्पूर्ण अभिभावकहरूप्रति आभार व्यक्त गरे । विद्यालयका प्राचार्य भुवन सुवेदीले प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिए  विद्यालयका पूर्वसंस्थापक विजय थापाले दुन एकेडेमीदेखि आजको आधुनिक डिजिटलाइज गुरुकुलसम्मको यात्राबारे प्रकाश पार्दै समयानुकूल रूपान्तरण र प्रविधिको प्रयोगले विद्यालयलाई अझ नयाँ उचाइमा पुर्‍याउन शुभकामना दिए ।गण्डकी विश्वविद्यालयका पूर्व डीन तथा सह प्राध्यापक डा. कपिल अधिकारीले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न र निरन्तर मेहनत गर्न प्रेरित गरे । गण्डकी छड्केका सञ्चालक तथा पत्रकार अपिल त्रिपाठीले विद्यार्थीलाई ग्रेडभन्दा पनि वास्तविक सिकाइ, व्यवहारिक ज्ञान र सीपमा जोड दिन सुझाव दिए । र्यक्रममा प्याबसन कास्कीका अध्यक्ष षडानन्द गौतमले शुभकामना मन्तव्य व्यक्त गर्दै गुरुकुलले पछिल्ला वर्षहरूमा शैक्षिक, भौतिक तथा प्रविधिगत क्षेत्रमा उल्लेखनीय फड्को मारेको बताए । उनले समयानुकूल सुधार र गुणस्तरीय शिक्षामा जोड दिँदै अघि बढिरहेको गुरुकुल अन्य विद्यालयका लागि पनि प्रेरणादायी बन्दै गएको प्रतिक्रिया दिए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत तथा विद्यालय व्यवस्थापन समितिका सदस्य जीवन रेग्मी ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी अभिभावक मेघराज  रेग्मीले विद्यालयले शैक्षिक गुणस्तरसँगै अनुशासन र संस्कारमा दिएको जोड प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमले अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ मजबुत बनाएको प्रतिक्रिया दिए । उनले विद्यार्थीहरुको समग्र विकासप्रति विद्यालयले देखाएको प्रतिबद्धताप्रति आफूहरू सन्तुष्ट र खुसी रहेको समेत उल्लेख गरे । कार्यक्रममा श्री कृष्ण कल्याण आमा समूह नया बजारका अधक्ष्य लगायत अन्य प्रतिनिधिहरु र पोखरा थिएटरका प्रबन्ध निर्देशक धनकाजी श्रेष्ठ को पनि सहभागिता रहेको थियो । सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूद्वारा स्वागत गीत, शिक्षिकाहरूबाट स्वागत नृत्य, विभिन्न लोकनृत्य, नेवारी नाच, कौडा नाच, कविता वाचन तेक्वान्दो प्रदर्शन तथा आश्रम नामक नाटक प्रस्तुत गरिएको थियो । कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागि उक्त कार्यक्रममा सांस्कृतिक नृत्य प्रशिक्षण राजु गुरुङ तथा नाटक प्रशिक्षण सुसन पौडेले गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका दुई शिक्षिका रीभा बराल र रीता रानालाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । विद्यालयको शैक्षिक उन्नयनमा लामो समयदेखि पुर्‍याउँदै आएको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । त्यसैगरी, शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि सुवेदी, बाल प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्ली राम अर्याल, कार्यक्रममा प्याबसनका सचिव सुरेन्द्रमान सिंह भण्डारी, प्याबसनका सह–सचिव डिल्ली राम अर्याल, हिसानका सदस्य तथा धौलागिरी बोर्डिङ स्कुलका प्राचार्य शिव रेग्मी  , नव प्रभात माध्यमिक विद्यालयकी प्राचार्य माया कुमारी  थापा, ज्ञानु बाबा आवासीय माध्यमिक विद्यालयकी प्राचार्य शुभकन्या गुरुङ, फेवा शिक्षा सदनका प्राचार्य अच्युत पाण्डे, पोखरा एकेडेमीका प्राचार्य तीर्थमान तामाङ, किड्स भ्याली मन्टेश्वरीका प्राचार्य नारायण पौडेल, माया मन्टेश्वरीका प्राचार्य नारायण कार्की, बिष्णु पादुका  माध्यमिक विद्यालय हेम्जाका प्राचार्य दिपक राज पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावक प्रतिनिधि उर्मिला गुरुङ, बिद्या मन्दिर माध्यमिक बिद्यालय बाग्लुंगका प्रधानाध्यापक छबि रमण रेग्मी लगायतका विशिष्ट व्यक्तित्वहरूले पुरस्कार वितरण गरी आगामी दिनमा विद्यार्थीहरूलाई अझ उत्कृष्टता हासिल गर्न प्रेरणा प्रदान गर्नुभएको थियो ।  कार्यक्रममा विद्यालयले उपस्थित प्रमुख अतिथिहरू र सम्माननीय अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो । विद्यालयका सह–प्राचार्य फणिन्द्र अधिकारी र कक्षा ११ की दिप्सा गुरुङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालय सञ्चालक समितिका सदस्य एवं +२ संयोजक बसन्त श्रेष्ठ र विद्यार्थीहरूले गरेका थिए भने उक्त दिनको कार्यक्रम को ब्यबस्थापन मा  सहजीकरण विद्यालयका निबर्तमान प्रधानाध्यापक नारायण आचार्य ज्यु ले गर्नु भयको थियो । विद्यालयले १९ वर्षको यात्रामा हासिल गरेका उपलब्धिहरूलाई स्मरण गर्दै आगामी दिनमा अझ गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रम अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा सिल्भर प्लेट पार्टी प्यालेस, बास्तोलाथरमा उत्साहपूर्ण वातावरणमा सञ्चालन भएको थियो ।

🏫
Gurukul AI Assistant Online
नमस्ते! Welcome to Gurukul Bidhya Sadan 🙏

I can answer questions about fees, timings, holidays, courses and admissions.

How can I help you today?